राजनीति


ओलीले मलाई र प्रचण्डलाई जेल हाल्न खोजेका थिए : माधव नेपाल

ओलीले मलाई र प्रचण्डलाई जेल हाल्न खोजेका थिए : माधव नेपाल

नेपालखबर
माघ ७, २०७७ बुधबार ४:५४,

प्रचण्ड-नेपाल नेतृत्वको नेकपाका एकजना अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र अर्का अध्यक्ष प्रचण्डलाई जेल हाल्ने षडयन्त्र गरेको आरोप लगाएका छन्।

आज बिहान सम्पादकहरूसँग अन्तरक्रियामा नेता नेपालले ओलीले आफूहरूको राजनीतिक जीवन सिध्याउन खोजेको आरोप लगाएका हुन्। 

‘ओलीले मलाई र प्रचण्डलाई जेल हाल्न खोजेका थिए,’ सम्पादकहरूसँग नेता नेपालले भने। 

ललिता निवास जग्गा प्रकरणमा आफ्नो नाम षडयन्त्रपूर्वक जोडेर ओलीले आफूलाई फसाउन खोजेको र राजनीतिक जीवन समाप्त पार्न खाेजेकाे नेता नेपालको आरोप छ। 

‘ओलीले मलाई एक महिनामा म तपाईंहरूलाई सरप्राइज रिपोर्ट दिन्छु भन्नुभएको थियो,’ उनले भने, ‘त्यो भनेको ललिता निवास जग्गा प्रकरणमा मलाई फसाउन खोजिएको रहेछ।’

पछि आफूले सोध्दा त्यो कुरा होइन भनेर टारेको नेता नेपालले बताए।

आफू त ओलीको षडयन्त्रबाट पहिलेदेखि पीडित रहेको बताउँदै उनले अहिले त्यसमा प्रचण्ड पनि जोडिन आइपुगेको धारणा राखे। 

‘म त ओलीको स्थायी शत्रु नै थिएँ,’ नेता नेपालले सम्पादकहरूसँग भने, ‘अहिले त्यो सूचीमा प्रचण्डजी पनि जोडिनुभएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad