राजनीति


अमेरिकाका ४६औं राष्ट्रपति बाइडेनको शपथ आज, संसद् भवन सुरक्षामा २० हजार सैनिक तैनाथ

अमेरिकाका ४६औं राष्ट्रपति बाइडेनको शपथ आज, संसद् भवन सुरक्षामा २० हजार सैनिक तैनाथ

नेपालखबर
माघ ७, २०७७ बुधबार ०:५४,

अमेरिकाको ४६औं राष्ट्रपतिका रूपमा आज (जनवरी २० तारिख) ७८ वर्षीय जो बाइडेनले शपथ ग्रहण गर्दै छन्।

स्थानीय समयअनुसार बुधबार दिउँसो १२ बजे अमेरिकी संसद् भवनमा शपथ समारोह आयोजना हुनेछ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले जम्मा ३५ शब्दको शपथ खाने छन्।

यसपटक कोरोना महामारीका कारण अमेरिकाको राष्ट्रपति शपथ ग्रहण समारोह अघिल्ला वर्षमा जस्तो भव्य हुने छैन।

यसपालिको समारोहमा हजारदेखि १२ सय जनासम्म मानिसस सहभागी हुनेछन्, त्यो पनि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर।

अर्काे कुरा यो नै पहिलोपटक हो, अमेरिकाले आफ्ना राष्ट्रपतिको शपथ समारोह अमेरिकाले खतरा महसुस गरेको।

किनकि बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव हारेर पनि सहज रूपमा स्वीकारेनन् भने आफ्ना समर्थकद्वारा हालै अमेरिकी संसद् भवनमै आक्रमण गराए। जसमा एक प्रहरीसहित ५ जनाको मृत्युसमेत भयो।

यसैकारण बाइडेनले शपथ ग्रहण गर्नुअगाडि नै अमेरिकी संसद् भवन वरपर २० हजारभन्दा बढी सैनिक तैनाथ गरिएका छन्।

bidenshapath

अमेरिकाकाे सत्तामा बाइडेन भित्रिएसँगै आजदेखि डाेनाल्ड ट्रम्प भने ४ वर्षे कार्यकाल सकेर बाहिरिँदै छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad