प्रदेश नम्बर २ मा आज (सोमबार) सार्वजनिक बिदा दिइएको छ।
मधेस आन्दोलनका क्रममा बलिदानी दिएका सहिदहरूको सम्झनामा हरेक वर्ष झैं यस वर्ष पनि माघ ५ गते (आज) प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।
मुख्यमन्त्रीको सञ्चार सचिवालयका अनुसार बलिदानी दिवसका लागि सार्वजनिक बिदा दिइएको हो।
सिरहाको लहानका मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको सम्झनामा यो दिवस मनाउने गरिएको हो।
यस वर्ष भने प्रदेश २ का विभिन्न ठाउँमा दिवस मनाइने बताइएको छ।

प्रतिक्रिया