राजनीति


नयाँ युगतर्फको यात्राका लागि प्रतिनिधि सभा विघटन : मुख्यमन्त्री पोखरेल

नयाँ युगतर्फको यात्राका लागि प्रतिनिधि सभा विघटन : मुख्यमन्त्री पोखरेल

नेपालखबर
माघ ४, २०७७ आइतबार ६:१,

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नयाँ युगको यात्राका लागि प्रतिनिधि सभा विघटन गरेको बताएका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत केपी ओली नेतृत्वको नेकपाका स्थायी समिति सदस्य समेत रहेका पोखरेलले प्रचण्डहरुले भनेजस्तो संसद मासेको र संसदको हत्या नभएको दावी गरे।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपाकै प्रचण्ड–नेपाल पक्षले उक्त कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी भएको भन्दै सडक संघर्ष सुरु गरेको छ। उनीहरुले संविधानले संसदको आयु ५ वर्ष तोकेकोमा प्रधानमन्त्रीले तीन वर्षमै यसको हत्या गरेको आरोप समेत लगाएका छन्।

मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री ओलीको कदमको बचाऊ गर्दै आएका छन्। उनले नयाँ जनादेशमार्फत जनताप्रति समर्पित र अनुशासित जनप्रतिनिधिको बलियो उपस्थिति रहने नयाँ संसदको खोजीका लागि प्रतिनिधि सभा विघटन गरेको बताए।

‘प्रचण्ड कमरेडहरुले भनेझै संसद मासेको/संसदको हत्या गरेको नभइ नयाँ जनादेशमार्फत जनताप्रति समर्पित र अनुशासित जनप्रतिनिधिको बलियो उपस्थिति रहने नयाँ संसदको खोजी भएको हो, नयाँ युगतर्फको यात्राका लागि’, सामाजिक सञ्जाल फेसबुकमा मुख्यमन्त्री पोखरेलले लेखेका छन्।

प्रचण्ड कमरेडहरुले भनेझै संसद मासेको/संसदको हत्या गरेको नभै नया जनादेश मार्फत जनताप्रति समर्पित र अनुशासित जनप्रतिनिधिको बलियो उपस्थिति रहने नया संसदको खोजी भएको हो, नया युगतर्फको यात्राका लागि।

Posted by Shankar Pokhrel on Saturday, January 16, 2021

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad