राजनीति


बाइडेनको शपथ समारोह नजिकिँदै गर्दा अमेरिकाका पचासै राज्यमा ‘अलर्ट’ (भिडिओ)

बाइडेनको शपथ समारोह नजिकिँदै गर्दा अमेरिकाका पचासै राज्यमा ‘अलर्ट’ (भिडिओ)

नेपालखबर
माघ ४, २०७७ आइतबार ०:२४,

नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले शपथ ग्रहण गर्ने मिति नजिकिँदै गर्दा अमेरिकाका सबै राज्यमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

यही जनवरी २० तारिख बाइडेनले अमेरिकाको सत्ता सम्हाल्दै छन्।

सम्भावित हिंसा रोक्न त्यसअघि नै अमेरिकाका ५० वटै राज्य र डिस्ट्रिक्ट अफ कोलम्बिया (डीसी) मा सुरक्षा व्यवस्था कडा पारिएको बीबीसीले जनाएको छ।

यही जनवरी ६ मा अमेरिकी संसद् भवनमा भएजस्तो हिंसा नहोस् भनेर देशभरबाट नेसनल गार्डका टुकुडी ह्वाइट हाउस (राष्ट्रपति कार्यालय) रहेको राधजानी वासिङ्टनमा पठाइएको छ। जनवरी ६ मा संसद् बैठक चलिरहेकै बेला ट्रम्पका समर्थकले हमला गर्दा एक प्रहरीसहित ५ जनाकाे मृत्यु भएकाे थियाे। 

अमेरिकी गुप्तचर निकाय एफबीआईले सबै ५० राज्यका राजधानीमा ट्रम्पका समर्थकले हिंसात्मक आक्रमण गर्न सक्ने चेतावनी दिएको छ।

डीसीस्थित नेसनल मल बन्द गरिएको छ। कडा सुरक्षाबीच सडकमा बार लगाइएको छ। बाइडेनको टिमले पहिले नै कोरोना महामारी भएकाले राजधानीको यात्रा नगर्न भनिसकेको छ।

स्थानीय अधिकारीले नागरिकलाई शपथ समारोह आआफ्ना घरबाटै हेर्न अपिल गरेका छन्। ट्रम्पका समर्थकले जनवरी १७ अर्थात् आज सशस्त्र आन्दोलन गर्ने धम्की दिएका छन् भने राजधानी वासिङ्टन डिसीमा पनि जुलुस निकाल्ने बताएका छन्।

म्यारिल्यान्ड, न्युमेक्सिको र युटाका राज्यपालले सम्भावित विरोध प्रदर्शनलाई विचार गरेर आपतकाल घोषणा गरेका छन्।

क्लालिफोर्निया, पेन्सलभेनिया, मिसिगन, भर्जिनिया, वासिङ्टन र बिस्कान्सिन राज्यले आफ्ना नेसनल गार्डलाई सक्रिय बनाएका छन्। 

हेर्नुहाेस्, बीबीसीकाे याे भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad