राजनीति


मुसेभेनी पुनः युगान्डाको राष्ट्रपतिमा निर्वाचित

मुसेभेनी पुनः युगान्डाको राष्ट्रपतिमा निर्वाचित

नेपालखबर
माघ ३, २०७७ शनिबार २३:२६,

योवेरी मुसेभेनी युगान्डाको राष्ट्रपतिमा पुनः निर्वाचित भएका छन्।

त्यहाँको निर्वाचन आयोगका अध्यक्ष तथा न्यायाधीश साइमन ब्याबाकामाले जनवरी १४ मा सम्पन्न निर्वाचन परिणाम अनुसार मुसेभेनीले खसेको कूल मतसङ्ख्याको ५८.६४ प्रतिशत मत प्राप्त गरेर विजयी भएका हुन्। शनिबार निर्वाचन परिणाम सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा मुसभेनी पुनः निर्वाचित भएको घोषणा गरिएको थियो।

नयाँ कार्यकालका लागि निर्वाचित मुसेभेनीको निकटतम प्रतिद्वन्द्वी बोबी वाइन भनिने रोबर्ट क्यागुल्यानीले ३४.८३ प्रतिशत मत पाएका छन्।

राष्ट्रपतिको तेस्रो स्थानमा प्रजातान्त्रिक परिवर्तन पार्टीका नेता तथा विपक्षी नेता प्याट्रिक अमुरियटले जम्मा ३.२४ प्रतिशत मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ।

सन् १९८६ देखि युगाण्डाको सत्तामा रहँदैआएका म्यूसेभेनीको जीतले उनको शासनलाई अर्को पाँच बर्षका लागि वैधानिकता दिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad