राजनीति


प्रधानमन्त्रीको प्रशंसा गर्दै मन्त्री साहले भने: मधेसमा ओलीको जयजयकार छ

प्रधानमन्त्रीको प्रशंसा गर्दै मन्त्री साहले भने: मधेसमा ओलीको जयजयकार छ

नेपालखबर
माघ ३, २०७७ शनिबार ८:२०,

प्रचण्ड–नेपाल नेतृत्वको नेकपा छोडेर प्रधानमन्त्री केपी ओली समूहमा प्रवेश गरेर शहरी विकास मन्त्री बनेका प्रभु साहले मधेसमा ओलीको जयजयकार भएको बताएका छन्।

 शनिबार काठमाडौँमा उपलब्ध प्रदेश १ का कार्यकर्ता भेलामा बोल्दै मन्त्री साहले प्रधानमन्त्री ओली मधेस विरोधी भएको भन्ने कुरामा सत्यता नभएको बताए।

‘मान्छेहरु केपीजी भनेको मधेस विरोधी भन्थे, त्यो झुठ रैछ’, उनले भने। उनले मधेसी जनता ओलीको पक्षमा रहेको दावी गरे। उनले संकटका बेला पनि मधेसी जनता ओलीको पक्षमा, सत्यको पक्षमा र परिवर्तनको पक्षमा रहेको बताए।

उनले मधेस स्वायत्त प्रदेश दिने नाममा मधेसी जनतालाई प्रचण्डले धोका दिएको बताए।

उनले प्रधानमन्त्री लामो सयमदेखिए एउटै कुरा बोल्दै आएको र झुटा आश्वासन दिएर जनतालाई धोका दिने काम नगरेको बताए।

‘ओली ३० वर्ष अगाडि १० वर्ष अगाडि जे बोल्नुभएको छ अहिले पनि त्यही बोल्दै आउनुभएको छ। सत्यको पछाडि लाग्छ मधेसी जनता’, उनले भने।

उनले मधेसको विकासमा प्रधानमन्त्रीको उल्लेख्य योगदान रहेको बताए। उनले मधेसी जनताले विश्वासका साथ ओलीलाई साथ दिएको बताए।

‘उत्पीडित जनता हामीसँग छ, तराई मधेमा ओलीजीको जयजयकार छ, केपी जीसँग मात्र मधेसको केही हुनसक्छ भन्ने मधेसको जनताले बुझेका छन्’, उनले भने।

 उनले मधेसका ३२ मा २० ओली समूहको आउने दावी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad