राजनीति


ऊर्जामन्त्री रायमाझीले भने : एमसीसीबारे छिटो निर्णय गरौँ

ऊर्जामन्त्री रायमाझीले भने : एमसीसीबारे छिटो निर्णय गरौँ

नेपालखबर
माघ २, २०७७ शुक्रबार ८:५७,

ऊर्जा जलस्रोत तथा सिचाई मन्त्री टोपबहादुर रायमाझीले आफू अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का बारेमा छिटो निर्णय गर्ने पक्षमा रहेको बताएका छन्।

शुक्रबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले एमसीसी अहिलेको परियोजना नभएका कारण लागू गर्ने वा खारेज गर्ने भन्ने विषयमा छिटो निर्णयमा पुग्नुपर्ने बताएका हुन्।

‘एमसीसी कि खारेज गरौँ या लागू गरौँ। अब पनि अलमलको अवस्थामा बस्नु हुँदैन’, मन्त्री रायमाझीले भने। उनले आफू यसबारे घनिभूत रुपमा छलफल रहेको र छिट्टै निर्णय गर्ने बताए।

 मन्त्री रायमाझीले प्रतिनिधि सभा विघटनका दोषी प्रधानमन्त्री नभइ प्रचण्ड–नेपाल भएको आरोप लगाए। उनले प्रतिनिधि सभा विघटन बाध्यात्मक कदम भएको बताउँदै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालकै कारण त्यस्तो परिस्थिति आएको बताए।

‘आफ्नै पार्टीको नेतृत्वको सरकारलाई सडकमा लैजाने खालको खेल सुरु भयो। जसले अराजकता फैलाउने र संघीय गणतन्त्र नै ध्वस्त हुने अवस्था आउने देखियो। त्यसकारण संसद विघटन गर्ने काम भयो’, उनले भने, ‘यो बाध्यात्मक अवस्था पनि हो। यसको दोष प्रतिपक्ष अरु कोही हैन सत्ता पक्षकै प्रचण्ड–माधव हुन।’

उर्जामन्त्री रायमाझीले लोडसेडिङ अन्त्य गर्ने कार्ययोजना आफ्नै रहेको दावी गरे। उनले ऊर्जा संकट निवारण गर्न ९९ बुँदे योजना आफूले तयार गरेको र कुलमान घिसिङलाई पनि प्राधिकरणमा आफूले नै लगेको दावी गरे।

 ‘उर्जा संकट निवारण काल भनेर ९९ बुदे योजना मैले तयार गरेको हुँ । त्यस कमिटिमा कुलमान घिसिडलाई पनि राखेको थिए’, उनले भने, ‘अन्तिम समयमा सरकार ढल्यो, त्यसको जस अर्कैले लियो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad