ad ad

राजनीति


दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क ग्युनलाई भ्रष्टाचारको आरोपमा २० वर्ष जेल

दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क ग्युनलाई भ्रष्टाचारको आरोपमा २० वर्ष जेल

नेपालखबर
माघ १, २०७७ बिहिबार ११:२३,

सीएनएनका अनुसार कोरियाको उच्च अदालतले पूर्व राष्ट्रपति पार्क ग्युनलाई बिहीबार २० वर्षको जेल सजाय तोक्नुका साथै २१ दशमलब ५ अर्ब वोन जरिवाना गरेको छ।

समग्रमा उनी २२ वर्षसम्म जेल बस्नेछिन्। सन् २०१६ को संसदीय चुनाव अगाडि उनले पार्टीको उम्मेद्वार नामांकनमा अवैध रूपमा हस्तक्षेप गरेकोमा दोषी पाएपछि उनलाई थप दुईवर्ष जेल सजाय दिइएको हो।

Park Geun-Hye | Biography, Facts, & Impeachment | Britannica

भ्रष्टाचारको आरोपछि उनलाई सन् २०१७ मा महाभियोग लगाएर पदबाट हटाइएको थियो।

सन् २०१३ देखि २०१६ को बीचमा विश्व चर्चित मोबाइल निर्माता कम्पनी सामसुङसहित विभिन्न कम्पनीहरुबाट उनले घुस लिएको पुष्टि भएको हो।

उनीमाथि शक्तिको दुरुपयोग गरेको पनि आरोप लागेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .