राजनीति


प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठक बस्दै

प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठक बस्दै

नेपालखबर
माघ १, २०७७ बिहिबार ५:२५,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज (बिहीबार) दिउँसो बस्दै छ।

स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको जानकारी दिए। बैठकको एजेन्डाबारे भने केही जानकारी नगराइएको उनले बताए।

‘दिउँसो ३ बजेका लागि बैठकको सूचना आएको छ, एजेन्डाबारे केही बताइएको छैन’, नेपालखबरसँग पोखरेलले भने।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूह सडक संघर्षमा उत्रिएको छ।

पार्टीले घोषणा गरेको दोस्रो चरणका संघर्षका कार्यक्रमहरु जारी रहेकै बेला स्थायी समितिको बैठक बस्न लागेको हो।

बैठकमा आन्दोलनका कार्यक्रमहरुका साथमा देशभर भइरहेका कार्यकर्ता भेला, प्रशिक्षण तथा सभा समारोह लगायतका कार्यक्रमको समीक्षा गर्नुका साथै कार्यक्रमलाई थप प्रभावकारी कसरी बनाउने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad