राजनीति


सबैतिरबाट एक्लिएका ओलीले डमरु बजाएर केन्द्रीय सदस्य बाँडिरहेका छन् : नेपाल

सबैतिरबाट एक्लिएका ओलीले डमरु बजाएर केन्द्रीय सदस्य बाँडिरहेका छन् : नेपाल

नेपालखबर
पुस २९, २०७७ बुधबार १०:३४,

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्र र संविधानमा प्रहार गरेपछि प्रधानमन्त्री केपी ओली एक्लिँदै गएको बताएका छन्।

बुधबार नेकपा काठमाडौँले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले असंवैधानिक कदमले ओलीलाई एक्लो र निरिह बनाएको बताएका हुन्। उनले देश, जनता, नागरिक समाज सबैतिरबाट आफूहरुलाई समर्थन रहेको बताए।

‘उहाँ (ओली) सबैतिरबाट एक्लिनुभएको छ। प्रायः तानाशाहहरु यसरी नै एक्लिँदा रहेछन्’, अध्यक्ष नेपालले भने।

उनले ओलीले माक्र्सवादी आन्दोललाई सिध्याउन खोजेको र लोकतन्त्रको मर्ममाथि प्रहार गरेको बताए। उनले ओली झुटको पुलिन्दा भएको र झुट बोल्न माहिर भएको बताउँदै नेता नेपालले नेकपाका कार्यकर्ताले एक–एक झुटको जवाफ दिनुपर्ने बताए।

उनले ओलीले आफूलाई खेलाडी भएको बताउँदै खेलाएर मान्छेलाई तह लगाउन खोज्ने प्रवृत्ति रहेको बताए।

 ‘उहाँ खेलाडी पनि हुनुहुन्छ, चतुर त नभनौँ, उहाँ खेलाएर मान्छेलाई तह लगाउन सक्छु भन्ने ठान्नुहुन्छ’, उनले भने, ‘अहिले हेर्नुहोस् त डम्मरु बजाउँदै टिकट बाँड्दै, केन्द्रीय सदस्य बन्न आउन भनेर टिकट बाँडिरहनुभएको छ।’

अध्यक्ष नेपालले ओलीले केन्द्रीय सदस्य ५ हजार पुर्‍याउने तयारी गरिरहेको बताउँदै उनले उक्त सडकछाप पार्टीको को को जाने हुन त्यो हेर्न बाँकी रहेको बताए।

‘ओलीले नेकपाको केन्द्रीय सदस्य ४४१ बाट बढाएर ५५६ त्यसबाट बढाएर १ हजार ५०१ बनाउनु भएको छ, त्यसबाट पनि बढाएर २५ सय १ बनाउन लागेको म सुन्दै छु’, उनले भने, ‘२५ सय १ ले नपुगे ५ हजारले त कम्तीमा पनि पुग्ला? उहाँको त्यो सडकछाप पार्टीमा को को जाने हो हेर्न बाँकी छ।

उनले ओली समुह परित्याग गर्नेहरु दिनप्रतिदिन बढीरहेकको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad