प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष माधवकुमार नेपालले मंगलबार पोखरामा भएको भेलालाई लिएर प्रधानमन्त्री ओली समूहमाथि व्यंग्य गरेका छन्।
बुधबार नेकपा काठमाडौँले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पूर्व एमालेमा सबैभन्दा कमजोर ठानिएको गण्डकी प्रदेशमा शानदार रुपमा कार्यक्रम सम्पन्न भएको दावी गरे।
‘ओली गुटका मानिसहरुले २÷३ सय होला नभेका ठाउँमा २ हजार पो रहिएछ’, उनले भने, ‘विशाल उपस्थिति भयो, सम्भवत ओली गुटका मान्छहरु मुर्छित भएका छन् कि पत्तालगाउनु होला?कोही अस्पतालमा भर्ना हुन जानुभयो कि त्यो पनि पत्ता लगाउनुहोला।’
उनले आफूहरुले दशैभर जनताबाट अपार समर्थन पाएको दावी गरे। ‘जहाँ गयो त्यही अपार समर्थन पाइन्छ’, उनले भने, ‘जनता, कार्यकर्ता, प्रतिपक्ष, नागरिक समाज, वौद्धिक र प्रवुद्ध समाजका तर्फबाट सहयोग पाएका छौँ।’

प्रतिक्रिया