राजनीति


ओली समूहमा गएका पूर्वमाओवादीलाई प्रचण्डको प्रश्न : जनयुद्धलाई कुहेको फर्सी भनेको कसरी सुन्न सकेको हो?

ओली समूहमा गएका पूर्वमाओवादीलाई प्रचण्डको प्रश्न : जनयुद्धलाई कुहेको फर्सी भनेको कसरी सुन्न सकेको हो?

नेपालखबर
पुस २८, २०७७ मंगलबार ९:२४,

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विभाजनपछि ओली समूहमा गएको पूर्व माओवादीहरुमाथि प्रश्न उठाएका छन्।

मंगलबार पोखरामा भएको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धलाई कुहेको फर्सी भनेको सुनेर कसरी बस्न सकेको हो भनि प्रश्न गरेका हुन्।

‘मलाई लाज लागेको छ, ओलीले जनयुद्धलाई कुहेको फर्सी भन्नुभएछ’, अध्यक्ष प्रचण्डले भने, ‘जनयुद्धलाई कुहेको फर्सी हो भनेको कसरी सुनेर बस्न सकेको हो?’

पूर्व माओवादीका नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापा लगायतका नेताहरु अहिले ओली समूहमा लागेर मन्त्री बनेका छन्। बालकृष्ण ढुंगेल, कालीबहादुर खाम लगायतका नेताहरु पनि सो समूहमा लागेका छन्।

अध्यक्ष प्रचण्डले पार्टी एकताका बेला ओलीले जनयुद्धले राजनीतिक परिवर्तल ल्याउनमा उल्लेख्य भूमिका खेलेको भन्ने दस्तावेजमा हस्ताक्षर गरेको स्मरण गरे। ‘के राजनीतिक परिवर्तन गर्न जनयुद्धले खेलको भुमिका उल्लेखनीय छ भनेर केपी ओलीले गरेको हस्ताक्षर कीर्ति हो?’, उनले प्रश्न गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad