प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अधिनायकवादी र निरंकुश कार्य तत्काल रोक्न चेतावनी दिएको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सो समूहको सचिवालयको बैठकले पछिल्लाे समय प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदर्शन गरेको चरित्रलाई अधिनायकवादी र निरंकुशका रुपमा लिँदै त्यस प्रकारको कार्य तत्काल रोक्न चेतावनी दिने निर्णय गरेको प्रवक्ता नारापणकाजी श्रेष्ठले बताए।
चार जना पूर्व प्रधानन्याधीशहरुले जिम्मेवारी नागरिकको हैसियतमा प्रतिनिधि सभा विघठनका बारेमा संवैधानिक व्यवस्थाका बारेमा संयुक्त वक्तव्य जारी गरेपछि प्रधानमन्त्री ओलीले अपमानित गर्ने र धम्क्याउने काम गरेको भन्दै नेकपाले आपत्ति जनाएको छ।
पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले वक्तव्य संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको बताउँदै संयुक्त विज्ञप्ति जारी गरेपछि प्रधानमन्त्री ओलीले त्यसको विरोध गर्दै आएका छन्। उनले अदालत छाडेर सडकबाट फैसला गरेको भन्दै उनीहरुको कार्यक्षमता माथि नै प्रश्न उठाएका हुन्।
प्रवक्ता श्रेष्ठले प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध न्यायाधीश, पत्रकार, वुद्धिजीवी, नागरिक समाज, पात्रकार लगायत आम सर्वसाधरणले पनि आफ्नो धारणा राख्दै आएको भन्दै विचार राख्न पाउने स्वतन्त्रता र संवैधानिक हकको सम्मान गर्न पनि प्रधानमन्त्री ओलीलाई आग्रह गरे।

प्रतिक्रिया