राजनीति


प्रधानमन्त्रीले प्रदेश पनि विघटन गर्न सक्छन् : ठाकुर

प्रधानमन्त्रीले प्रदेश पनि विघटन गर्न सक्छन् : ठाकुर

प्रकाश न्यौपाने
पुस २६, २०७७ आइतबार ९:२९,

जनता समाजवादी पार्टी, नेपाल (जसपा) का राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले संविधानमै त्रुटी भएका कारण त्यसका धाराहरु प्रयोगमा ल्याउँदा सधै विवाद हुने गरेको बताएका छन्।

आइतबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ठाकुरले संविधानमा कस्तो त्रुटी छ भन्नेबारे नखुलाए पनि संसद विघटन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले उल्लेख गरेका संविधानका धारा विवादास्पद भएको जनाए।

‘संविधान अपूरो भयो भनेर हामीले पहिल्यैदेखि नै भन्दै आएका थियौं, संविधान बनाउने सत्ताधारीहरुले नै अहिले संविधानमाथि विवाद निकालेक छन्’, उनले भने।

उनले प्रदेशहरुमा धमाधम अविश्वासको प्रस्ताव आइरहेको र प्रधानमन्त्रीले प्रदेश पनि विघटन नगर्लान भनेर भन्न नसकिने बताए।

अध्यक्ष ठाकुरले संसद विघटन असंवैधानिक भएको जनाउँदै त्यसविरुद्ध पार्टीले आन्दोलन गरिरहेको र आउने दिनमा पनि त्यसलाई निरन्तरता दिने जानकारी दिए।

ठाकुरले संसद विघटन सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको र सर्वोच्चको फैसला आफूहरुलाई मान्य हुने बताए। यदि सर्वोच्चले संसद पुनःस्थापना नगरेमा आफूहरु निर्वाचनमा जान तयार रहेको उनको प्रष्टोक्ति छ।

उनले मधेश आन्दोलन र संविधान जारी हुने बेला भएको आन्दोलनमा थुप्रै मधेशी नेता कार्यकर्ताहरुमाथि राज्यले झुट्टा मुद्दा लगाएर जेल हालेको जनाउँदै तत्काल रिहाई गर्न सरकारसँग माग गरे। ठाकुरले जनअभिमतबाट निर्वाचित रेशम चौधरी लगायत जेलमा रहेका २५ बढी नेताकार्यकर्ताको रिहाई गर्न सरकारलाई आग्रह समेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad