प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
आइतबार बिहान साढे ११ बजेका लागि प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए।
‘साढे १० बजे फोन गरेर साढे ११ बजे मन्त्रिपरिषद बैठक बस्ने जानकारी दिएको हो’, ती मन्त्रीले नेपालखबरसँग भने, ‘बैठकका एजेन्डाबारे कुनै जानकारी आएको छैन।’
कुनै विशेष एजेन्डामा छलफल गर्नका लागि बैठक बोलाइएको हुनसक्ने उनले बताए।
मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको छ।

प्रतिक्रिया