प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका छन्।
आइतबार दिउँसो १ बजे प्रधानमन्त्री ओलीले राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओलीले राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने विषयमा अध्यक्षको सचिवालयलाई जानकारी गराइसकेको संसद सचिवालयका सञ्चारविज्ञ डिल्ली मल्ल्ले जनाकारी दिए।
उनले यस विषयमा १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर बैठकको कार्यसूची तय गर्ने जानकारी दिए।
प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री ओलीले पहिलोपटक राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्न लागेका हुन्।

प्रतिक्रिया