प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रैबाट सरकारलाई काम गर्न असहयोग गरेपछि आफू पेलेरै अगाडि बढेको बताएका छन्।
शनिबार युवा संघको बागमती कमिटीले प्रज्ञा भवन कमलादीमा आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूले अवरोधका बीचमा पनि यति काम गर्न सफल भएको बताएका हुन्।
‘सरकारलाई काम गर्न भरसक नदिने, मैले त यति काम गरेको यिनीहरुले सुट्टा समाउँदा समाउँदै, अल्झाउँदा अल्झाउँदै, पाइलो सार्न नदिँदा नदिँदै बलजफ्ती अगाडि बढेर गरेको हुँ’, प्रचण्ड–नेपाललाई संकेत गर्दै उनले भने , ‘त्यो काम यिनीहरुको सहमतिमा होइन, असहतिमा एक्लै अगाडि बढेर गरेको हुँ, एक्लै अगाडि बढ्यो, सरकार एक्लै चलायो भनेको त तपाईंहरु पनि सुन्नु भयो हो।’
उनले गर्नै नदिएपछि एक्लै पेलेर अगाडि बढेको स्वीकार गरे। ‘चल्नै नदिएपछि चलाउनु परेन त एक्लै, चलाएको हो, पेल्यो अगाडि बढ्यो भन्ने, बढ्नै नदिने अनि बढ्नु परेन त’, उनले भने।

प्रतिक्रिया