राजनीति


पूर्व प्रधानन्यायाधीशहरुको वक्तव्य संविधानको बर्खिलाप छ : थापा

पूर्व प्रधानन्यायाधीशहरुको वक्तव्य संविधानको बर्खिलाप छ : थापा

नेपालखबर
पुस २५, २०७७ शनिबार ५:२१,

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्व प्रधानन्यायाधीशको वक्तव्यले अदालतलाई प्रभावित पार्ने काम गरेको बताएका छन्।

शनिबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै सल्लाहकार थापाले यस्तो बताएका हुन्।

शुक्रबार पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वक्तव्य जारी गरी संविधानको धारा ७६ ले मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजन बाहेक अर्को अवस्थामा संसद विघटन गर्ने अधिकार नदिएको स्पष्ट बताएका थिए।

याे पनि : चार पूर्वप्रधानन्यायाधीश भन्छन् : संसद विघटन असंवैधानिक

थापाले पूर्व प्रधानन्यायाधीशहरूको असंवैधानिक वक्तव्यबाजीबाट संविधानको भाग ११, न्यायपालिकासम्बन्धी व्यवस्थाको बर्खिलाप कार्य भएको बताएका छन्। उनले उक्त वक्तव्य अदालतलाई प्रभावित गर्ने र भिडको निहीत चाहनामुताविक फैसला गर्न प्रेरित र बाध्य गर्ने दुराशयबाट आएको बताएका छन्।

‘चार जना पूर्व प्रधानन्यायाधीशहरूको असंवैधानिक वक्तव्यबाजीबाट संविधानको भाग ११, न्यायपालिकासम्बन्धी व्यवस्थाको बर्खिलाप कार्य भएको छ’, ट्विटरमा सल्लाहकार थापाले लेखेका छन्, ‘यसले अदालतलाई प्रभावित गर्ने र भिडको निहीत चाहनामुताविक फैसला गर्न प्रेरित र बाध्य गर्ने उहाँहरूको दुराशय स्पष्ट पारेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad