प्रधानमन्त्री केपी शर्मा ओलीले पीश्चम सेती जलविद्युत आयोजनलाई तत्काल अगाडि बढाउने बताएका छन्।
कैलालीको घनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सकेसम्म आफ्नै लगानीमा नभए लगानी खोजेर पनि पश्चिम सेत आयोजना अगाडि बढाउने बताएका हुन्।
‘पश्चिम सेती जलविद्युत आयोजनामा यसअघि विभिन्न कारणले गर्दा मन्त्रालय अगाडि जान सकेन, त्यसले ध्यान दिन नसकेका कारण कामको गति ढिला भयो’, उनले भने, ‘अब पश्चिम सेती आफ्नै लगानी होस् वा लगानी खोजेर होस् अब अगाडि बढाइनेछ।
प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्रीको भारत भ्रमणका क्रममा गौरीफन्टा नाकाको स्तरोन्नतिको कुरा हुने बताए।
‘परराष्ट्रमन्त्रीको भारत भ्रमणमा गौरीफन्टा नाकाको स्तरउन्नतीबारे भारतसँग कुरा हुन्छ’, उनले भने।
उनले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली १४ तारिखमा भारत भ्रमण जाने जानकारी दिए। उनले सेती रोड, महाकाली करिडोरको काम अगाडि बढ्ने बताए। ‘नेपाली सेना लगाएर छाङ्रुसम्म जाने बाटो तयारी गरेका छौं’, उनले भने।

प्रतिक्रिया