ad ad

राजनीति


ट्रम्पलाई तत्काल राष्ट्रपति पदबाट हटाउन माग, अन्यथा महाभियोग लगाउने चेतावनी

ट्रम्पलाई तत्काल राष्ट्रपति पदबाट हटाउन माग, अन्यथा महाभियोग लगाउने चेतावनी

नेपालखबर
पुस २४, २०७७ शुक्रबार १:०,

अमेरिकी कंग्रेस (व्यवस्थापिका) का दुवै सदनका विपक्षीले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तुरुन्तै पदबाट हटाउन माग गरेका छन्।

नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको जितलाई अस्वीकार गरिरहेका ट्रम्पकाे उक्साहटमा एउटा भीडले बुधबार संसद् भवन (क्यापिटल हिल) भित्रै हिंसात्मक हमला गरेकाे थियाे। त्यसयता उनकाे व्यापक आलोचना भइरहेकाे छ।

यसै क्रममा उनलाई तत्काल ह्वाइट हाउस (राष्ट्रपतिको कार्यालय) बाट निकाल्नुपर्ने आवाज चर्काे बनेकाे हाे।

डेमोक्र्याटिक सिनेटर चक सुमरले ट्रम्पलाई तुरुन्तै हटाउन माग गरेका छन्।

सभामुख न्यान्सी पेलोसीले ट्रम्पनलाई नहटाइए उनीविरुद्ध महाभियोग लगाउने चेतावनीसमेत दिएका छन्।

तर ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउन रिपब्लिकन (ट्रम्पकै पार्टी) सांसदको पनि समर्थन चाहिन्छ।

अहिलेसम्म यसमा केही रिपब्लिकनले मात्र साथ दिएकाे बीबीसीले जनाएकाे छ।  

अमेरिकाको परम्पराअनुसार यही जनवरी २० तारिखका दिन नवनिर्वाचित राष्ट्रपति बाइडेनले पदभार ग्रहण गर्दै छन्।

याे पनि : 

संसद् बैठकमा गरिएको आक्रमण भयावह, निन्दनीय र अमेरिकाकाे नीतिविपरीत : ह्वाइट हाउस

डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्ट अनिश्चितकालका लागि बन्द

अमेरिकी संसदमा तोडफोड हुँदै गर्दा भारतीय झण्डा प्रदर्शन (भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .