अमेरिकी संसदले बाइडेनले राष्ट्रपतिको निर्वाचन जितेको भनेर प्रकाणिकरण गरेपछि ट्रम्पले आफूले प्रक्रियागत हिसाबमा जनवरी २० मा सत्ता हस्तान्तरण गर्ने बताएका हुन्।
यद्यपी उनले जारी गरेको विज्ञप्तीमा आफ्नो पुरानो दाबीलाई भने छाडेका छैनन्। उनले चुनावको परिणामसँग पूर्ण रुपमा आफू असहमत भएको बताएका छन्।
ट्रम्पको विज्ञप्तीमा भनिएको छ,‘म चुनावको नतिजासँग पूर्ण रूपमा असहमत छु, यद्यपि जनवरी २० मा मैले प्रक्रियागत हिसाबमा सत्ता हस्तान्तरण गर्नेछु।’
ट्रम्पले चुनावमा धाँधली भएको बताउँदै आएका छन्। धाँधली गरेकै कारण बाइडेनले चुनाव जितेको ट्रम्पको दाबी छ।
हुलाकबाट गरिएको मतदानमा अवैधानिक मत खसालिएको ट्रम्पको आरोप छ।
प्रतिक्रिया