ad ad

राजनीति


अमेरिकी संसदमा ट्रम्प समर्थकको आक्रमण, कसले के भने? (फोटो/भिडियो)

अमेरिकी संसदमा ट्रम्प समर्थकको आक्रमण, कसले के भने? (फोटो/भिडियो)

नेपालखबर
पुस २३, २०७७ बिहिबार ६:१,

ट्रम्पका प्रतिस्पर्धी जो बाइडेनको जित पुष्टि गर्न बुधबार सांसदबीच छलफल भइरहेका बेला एक्कासि एउटा भीड संसद् भवनभित्रै छिरेर आक्रमण गरेको हो।

त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा गोली लागेर एक महिलाको मृत्यु भएको छ।

वासिङटन प्रहरीका अनुसार ती महिलासँगै अन्य तीन जनाको ‘मेडिकल इमरजेन्सी’ का कारण मृत्यु भएको छ।

हालसम्म यस घटनामा ५२ जनालाई गिरफ्तार गरिएको छ।

(भिडियो)

कसले के भने?

अमेरिकी संसदमा भएको आक्रमणको विषयलाई लिएर विश्वभरबाट निन्दा भएको छ। ट्रम्प समर्थकको यस आक्रमणलाई लोकतन्त्रमाथिको हमला भनिएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमा भनेका छन्,‘वासिङटन डीसीको दंगा र हिंसाको खबरले चिन्तित बनाएको छ। सत्ता हस्तान्तरण शान्तिपूर्ण ढंगबाट हुनुपर्छ। लोकतान्त्रिक प्रक्रियालाई गैरकानूनी विरोधले बिगार्न सक्दैन।’

uscapitol

यस्तै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पनि यस घटनाको निन्दा गर्दै भनेका छन्,‘अमेरिका पुरा विश्वकै लागि लोकतन्त्रको उदाहरण हो। त्यसैले सत्ता हस्तान्तरण शान्तिपूर्ण ढंगबाट हुनुपर्छ।’

फ्रान्सका विदेशमन्त्री जीन ले द्रियानले पनि यस हिंसालाई गलत भन्दै यस अक्रमण ‘अमेरिकी लोकतन्त्रको विरुद्ध भएको’ बताए।

क्यानडाका प्रधानमन्त्री जस्टि ट्रुडोले पनि यस विषयमा ट्वीट गरेका छन्।

सिनेटमा प्रदर्शनकारीहरू

उनले भनेका छन्,‘छिमेकी मुलुकमा भएको हिंसाले क्यानडाबासीलाई पनि धक्का लागेको छ। यो लोकतन्त्रमाथिको आक्रमण हो। हिंसाको माध्यमबाट जनमत बदल्न सकिँदैन।’

टर्की, चिली, अजेन्टिना, भेनेजुएला लगायतका मूलुकले पनि यस घटनालाई लोकतन्त्र विरोधी घटना भनेका छन्।

प्रदर्शनकारीहरू र संसद्का सुरक्षाकर्मी एवम् कर्मचारीबीच तनाव

अमेरिका

संसद्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .