राजनीति


संसद विघटनको जवाफ पुनर्स्थापना बाहेक केही हुँदैन : रघुजी पन्त

संसद विघटनको जवाफ पुनर्स्थापना बाहेक केही हुँदैन : रघुजी पन्त

नेपालखबर
पुस २०, २०७७ सोमबार १३:३३,

प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थायी कमिटी सदस्य रघुजी पन्तले आगामी आन्दोलन नेकपाकै शक्तिको भरमा अघि बढ्ने बताएका छन्।

सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठकपश्चात सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै स्थायी कमिटी सदस्य पन्तले सरकारको संसद विघटनको असंवैधानिक कदमका विरुद्ध संयुक्त आन्दोलनको लागि प्रयास जारी राख्दै आगामी आन्दोलन भने नेकपाकै शक्तिको भरमा अगाडि बढाउने बताएका हुन्।

पन्तले संसद विघटनको सम्बन्धमा सर्वोच्च अदालतले कुनै नेता अथवा आन्दोलनकारीको मुख हेरी फैसला नगर्ने टिप्पणी गरे।

सर्वोच्च अदालतले संविधान हेरेर फैसला गर्ने भएकोले संसद विघटनको जवाफ पुनर्स्थापना बाहेक केही हुन नसक्ने उनले बताए।

संविधानले संसद विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिएको उनको भनाइ छ।

स्थायी कमिटी सदस्य पन्तले नेकपाको कमाण्ड प्रचण्ड–माधव पक्षसँग भएको, बहुमत भएको, सुर्य चिन्ह आफूहरुले पाउने, संसद पुनर्स्थापना हुने र नेकपाको सम्पत्ति आफूहरुको हुने दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad