पूर्वजलस्रोत राज्यमन्त्री विनोदकुमार शाह सवार गाडी दुर्घटनामा परेको छ।
नेपालगञ्जबाट सुर्खेत जादै गरेको बा २१ च ४७४६ नम्बरको गाडी दुर्घटनामा परी पूर्वराज्यमन्त्री शाहसहित पाँच जना घाइते भएका छन्।
सोमबार दिउँसोे सुर्खेतको बाँसगढी नगरपालिका–१ स्थित मौरीखोला र उन्तिसखोलाको बीचमा गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा पूर्वजलस्रोत राज्यमन्त्री विनोद कुमार साह, उनकी श्रीमती लक्ष्मी शाह, दैलेखको विन्द्रासैनी नगरपालिका–२ का सूर्यबहादुर शाही, आठबीस नगरपालिकाका पदम माझी र चालक विनय भण्डारी घाइते भएका छन्।
लक्ष्मी शाह जिल्ला समन्वय समिति दैलेखकी उपप्रमुख हुन्। प्रहरी चौकी चेपाङका प्रहरी नायब निरीक्षक जयप्रकाश भट्टका अनुसार घाइतेहरूको अवस्था खतरामुक्त छ।
पूर्वमन्त्री शाहको कोहलपुर मेडिकल कलेजमा र अरू चार जनाको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको उनले बताए।
गाडी सडकबाट करिब ६० मिटर तल खसेको थियो।
नेकपाको अन्तराष्ट्रिय विभागका उपप्रमुख तथा केन्द्रीय सदस्य विष्णु रिजालले दुर्घटनमा घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेकपाका नेता कमरेडहरू विनोदकुमार शाह, सूर्यबहादुर शाही, लक्ष्मी शाह र पदम माझी सवारी दुर्घटनामा परी घाइते भएको खबरबाट दुःख लागेको छ। म उहाँहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’

प्रतिक्रिया