चीनका राष्ट्रपति सी चिनफिङले आफ्नो देशको सुरक्षासम्बन्धी कानुन संशोधनमा हस्ताक्षर गरेका छन्।
द हिन्दुको रिपोर्टअनुसार योसँगै सेन्ट्रल मिलिटरी कमिसन (केन्द्रीय सैन्य आयोग) ले अब राष्ट्रिय सुरक्षाका लागि सैनिक तैनाथ गर्ने बढी अधिकार पाउनेछ। जसका प्रमुख सी आफैं हुन्।
चीनको समाचार एजेन्सी सिन्हुआलाई उधृत गर्दै द हिन्दुले लेखेको छ- रक्षा कानुन संशोधन युद्धको तयारी तथा क्षमता वृद्धिमा केन्द्रित छ।
संशोधित रक्षा कानुनअनुसार जब सम्प्रभुता, एकता, क्षेत्रीय अखण्डता, सुरक्षा वा विकासमा खतरा उत्पन्न हुनासाथ राष्ट्रिय एवं स्थानीय स्तरमा सेना तैनाथ गर्न सकिनेछ।
प्रतिक्रिया