राजनीति


विभाजनपछि रिक्त पदहरुमा नेता चयन गर्न नेपाल नेतृत्वमा बन्यो यस्तो कार्यदल

विभाजनपछि रिक्त पदहरुमा नेता चयन गर्न नेपाल नेतृत्वमा बन्यो यस्तो कार्यदल

नेपालखबर
पुस १९, २०७७ आइतबार ११:५७,

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले पार्टीको कार्यविभाजनलाई पूर्णता दिन अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा एक कार्यदल गठन गरेको छ।

पेरिसडाँडास्थित पार्टी कार्यालयमा आइतबार बसेको स्थायी समिति बैठकले नेपालको नेतृत्वमा १०–सदस्यीय कार्यदल बनाएको हो।

कार्यदलमा गिरिराजमणि पोखरेल, घनश्याम भुसाल, गोकर्ण विष्ट, जनार्दन शर्मा, पम्फा भुसाल, बर्षमान पुन, मातृका यादव, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे र शक्ति बस्नेत सदस्य रहेका छन्।

‘यसले पार्टी एकीकरणका बाँकी रहेका काम सम्पन्न गर्नुका साथै पछिल्लो समयमा पार्टीभित्र देखिएको समस्याको कारण रिक्त भएका स्थानमा जिम्मेवारी प्रदान गर्न कार्यदल निर्माण गरिएको हो,’ बेदुराम भुसालले नेपालखबरसँग भने।

पार्टी विभाजनतर्फ गएपछि पार्टीका बिभिन्न समितिमा अध्यक्ष, सचिव, इन्चार्जलगायत जिम्मेवारी सम्हालेका नेताहरु दुईतर्फ बाँडिएपछि रिक्त रहेका पदमा यो कार्यदलले नेता चयन गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad