ad ad

राजनीति


पार्टी फुटाउन खुमलटारमा मात्रै २८० बैठक बसियो : ओली (भिडियो)

पार्टी फुटाउन खुमलटारमा मात्रै २८० बैठक बसियो : ओली (भिडियो)

नेपालखबर
पुस १९, २०७७ आइतबार १०:३३,

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटाउनका लागि खुमलटारमा वैशाख यता २८० वटा वैठक बसेको बताएका छन्।

आइतबार अनेरास्ववियू केन्द्रीय समितिले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी फुटाउन प्रचण्ड–नेपाल समूहका ३१५ वटा वैठक बसेको बताए।

गएको वैशाखयता पार्टी फुटाउनका लागि खुमलटारमा मात्रै २८० वैठक बस्नुभएछ’, आज विहान आफूले रेकर्ड हरेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘बाहिर ३५ वटा बैठक बस्नुभएछ, खुद्रा मसिना २ जना, ३ जनाका बाहेक ३१५ वटा वैठक उहाँहरु बसिसक्नु भयो।’

प्रधानमन्त्री ओलीले पार्टी एकताको तीन वर्ष संगठन पुरै निष्कृय भएको बताए। ‘आन्दोलनको अग्रभागमा रहने अनेरास्ववियू परिचयपत्र देखाएर अनेरास्ववियू हुँ भन्नुपर्ने अवस्थामा पुग्यो’, उनले भने।

उनले अव अलमलमा नपरी सांगठनिक गतिविधिमा अगाडि बढ्न आग्रह गरे। अनेरास्ववियूलाई एक नम्बरको संगठन बनाउन र टाढैबाट चिनिने खालको अनेरास्ववियूको सदस्य बन्न समेत उनले आग्रह गरे।

भिडियो: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .