ad ad

कला


पल्पसा डंगोलले ल्याइन् ‘काली काली दिलवाली’ (भिडियो)

पल्पसा डंगोलले ल्याइन् ‘काली काली दिलवाली’ (भिडियो)

नेपालखबर
पुस १९, २०७७ आइतबार ६:४६,

‘मेरी बास्सै’ टेली चलचित्रकी चम्सुरी अर्थात पल्पसा डंगोल गायिकाको रुपमा आएकी छिन्। हाँस्य अभिनेत्रीको रुपमा परिचित उनले आफूलाई गायनमा पनि अघि बढाउँदै छिन्।

पल्पसाले आफ्नो स्वरमा नयाँ गीत ‘काली काली दिलवाली...’ बजारमा ल्याएकी छिन्। नयाँ वर्ष २०२१ को अवसर पारेर यसलाई रिलिज गरिएको हो।

दुबईको विभिन्न रमणीय स्थलमा छायाँकन गरिएको यो गीतको भिडियोमा पल्पसा आफैंले अभिनय गरेकी छिन्। उनले यो गीतमा आफूले यात्रा गर्दाका दृश्यलाई समेटेर यात्राप्रधान म्युजिक भिडियोको रुपमा बनाएकी छिन्।

यो भिडियोलाई पल्पसा आफैंले निर्देशन गरेकी हुन्। जसमा रविन भट्ट र अशोक चौधरीको सम्पादन रहेको छ। भिडियोलाई पल्पसाले आफ्नै युट्युव च्यानलबाट रिलिज गरेकी छिन्। भिडियोलाई पवन डँगोलले खिचेका हुन्।

गीतमा अशोक राईको संगीत रहेको छ। गीतमा गायिका एवम् अभिनेत्री पल्पसाकै सुन्दरताको चर्चा गरिएको छ। उनको यो गीतलाई प्रकाश पौडेल र पल्पसा आफैंले संयुक्त रुपमा लेखेका हुन्।

हेरौँ भिडियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .