प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभा विगठनविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ।
शनिबार पेरिसडाँडामा पत्रकार सम्मेलन गरी पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले दोस्रो चरणका आान्दोलनका कार्यक्रम घोषणा गरेको हो।
जसअन्तर्गत पुस २० गतेसम्म पालिका स्तरमा र २५ गतेसम्म वडा स्तरमा पार्टी भेला र संघर्षसम्बनधी अभिमुखीकरण कार्यक्रम, पुर २५ गतेसम्म सबै प्रदेश, जिल्ला, पालिका र वडामा संघर्ष समिति बनाउने लगायतका एक महिना बढीका कार्यक्रम सार्वजनिक भएका हुन्।
त्यस्तै पुस २१ गते संघीय राजधानी र विभिन्न सहरमा राजनीतिक पार्टीहरुसँग अन्तक्र्रिया गर्ने, पुर २३ गते नागरिक समाजसँग अन्तक्र्रिया, पुस २४ गते सवै जिल्ल प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्रकमा साथमा संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन आग्रह गर्ने लयायतका कार्यक्रम सार्वजनिक भएका छन्।
माघ २३ गते राजधानीमा बहत् विरोध सभा गर्ने नेकपाले जनाएको छ।
हेरौँ यस्ता छन् कार्यक्रम



प्रतिक्रिया