राजनीति


राष्ट्रिय सभामा सांसदको आवाज : सरकार बनाउने क्षमता परीक्षण नगरी संसद विघटन हुनै सक्दैन

राष्ट्रिय सभामा सांसदको आवाज : सरकार बनाउने क्षमता परीक्षण नगरी संसद विघटन हुनै सक्दैन

नेपालखबर
पुस १७, २०७७ शुक्रबार ११:१५,

नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद जितेन्द्र नारायण देवले अहिलेको संविधानले विद्यमान संसदमा सरकार बनाउने क्षमता पटक पटक परीक्षण नभएसम्म प्रतिनिधि सभा विघटन हुनै नसक्ने बताएका छन्।

उनले नेपालको संविधानको धारा ७६ को कुनै पनि उपधारामा कहिँ पनि बहुमतको प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको बताए।

उनले शुक्रबारबाट सुरु भएको राष्ट्रिय सभा अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै सो धारणा राखेका हुन्।

वैकल्पिक सरकार बन्न सक्छ कि सक्दैन भनेर प्रतिनिधि सभामा पाँच पटक परीक्षण गरेर मात्र प्रधानमन्त्रीले सभा विघटनको कुरा लिएर राष्ट्रपतिकोमा जानसक्ने उनले भने।

संविधान बन्नुअघि यसैगरी तीनपटक प्रतिनिधि सभा विघटन गरिएको हुँदा त्यस्तो अस्थिरता नहोस् भनी निकै सोच विचार गरी त्यो प्रावधान राखिएको उनले स्मरण गरे।

‘म पनि संविधान निर्माणमा सक्रिय सहभागी हुने सभासद् हुँ,’ उनले भने, ‘सालैपिच्छे सरकार फेरिने र अस्थिरता रोक्नको लागि राजनीतिक रुपमा धारा ७६ मा यो व्यवस्था राखिएको हो।’

उनले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad