ad ad

राजनीति


चीनको चेतावनी बाबजुद अटेर गर्दै अमेरिकी सैन्य जहाज तैरियो ताइवान स्ट्रेटमा

चीनको चेतावनी बाबजुद अटेर गर्दै अमेरिकी सैन्य जहाज तैरियो ताइवान स्ट्रेटमा

नेपालखबर
पुस १६, २०७७ बिहिबार ८:३,

एससीएमपीका अनुसार यससँगै अमेरिकी जहाज चीन र ताइवानको समुद्री सीमा ताइवान ट्रेटमा यस महिना दुईपटक पुगिसकेको छ।

अमेरिकाको यस कार्यलाई चीनले उत्तेजक कार्य भनेको छ।

दुई हप्ता अगाडि मात्र चीनको युद्धपोत सोही बाटो हुँदै तैरिएको थियो। यस कार्यको ताइवानले विरोध जनाएको थियो।

अमेरिकी नौसेनाले अन्तर्राष्ट्रिय कानुन अनुसार नै ताइवान स्ट्रेटमा बिहीबार आफ्ना मिसाइल डिस्ट्रोयर सैन्य जहाज ‘मककेन र यूएसएस कर्टिस विल्बर’ले यात्रा गरेको जानकारी दिएको छ।

ताइवान आफ्नो भूमि भएको र आवश्यक परे यस क्षेत्रलाई आक्रमण गरेरै कब्जा गर्ने चीनको भनाइ छ। तर उक्त दाबीलाई ताइवानले अवैधानिक बताउँदै आएको छ।

यसबीचमा अमेरिकाले ताइवानलाई हतियार बेच्न थालेको छ। ताइवानमा गतिविधि बढाएपछि चीनले आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भएको छ। तर हाल अमेरिकी जहाजहरु ताइवान स्ट्रेटमा देखा परेका छन्।

यसले चीन र अमेरिकाबीचको बढ्दो तिक्तता झनै बढाउने अनुमान गरिएको छ।

केही समय अगाडिमात्र अमेरिकी नौसेनाले युद्धपोतसहित चीनले आफ्नो भएको दाबी गर्दै आएको दक्षिण चीन सागरमा युद्धअभ्यास गरेको थियो।

त्यसबेला पनि अमेरिका र चीनबीच विवाद भएको थियो।

अमेरिकाले आफू खुला र स्वतन्त्र इन्डो–प्यासिफिकको पक्षमा अडिग रहेको बताउँदै बिहीबार भनेको छ,‘अन्तर्राष्ट्रिय कानुनअनुसार जहाँ–जहाँ अनुमति दिएको छ त्यहाँ अमेरिकी सेनाले जहाज चलाउँछ, विमान उडाउँछ।’

चिनियाँ चेतावनी बाबजुद अमेरिकाले ताइवान, दक्षिण चीन सागरजस्ता क्षेत्रमा गतिविधि बढाउन थालेपछि चीन रुष्ट छ। चीनले अमेरिकाको आवश्यक प्रतिकार गर्ने बताउँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .