प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरूलाई नेकपा केन्द्रीय सदस्यको शपथ खुवाएका छन्।
बुधबार दिउँसो काठमाडौंको कार्की ब्याङक्वेटमा आफूपक्षीय सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेला गराएका ओलीले राति ८ बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा नवनियुक्त केन्द्रीय सदस्यलाई शपथ ग्रहण गराएका हुन्।
स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकपश्चात् ओलीले केन्द्रीय सदस्यको शपथ ग्रहण समारोह आयोजना गरेका हुन्। संसद् विघटनपछि गत मंसिर ७ गते बालुवाटारमै केन्द्रीय सदस्यको भेला गराई नेकपा केन्द्रीय कमिटीमा ओलीले सदस्य थप गरेका थिए।
केन्द्रीय आयोजक समितिका रूपमा १ हजार १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनएका ओलीले शपथ खान छुटेकाका लागि बुधबार राति कार्यक्रम राखेका हुन्।
केन्द्रीय सदस्य थपपछि प्रधानमन्त्री ओलीले यही पुस १० गते मन्त्रिपरिषद् पनि विस्तार गरेका थिए। ९ जनालाई नयाँ मन्त्री बनाएका थिए भने कतिपय मन्त्रीको जिम्मेवारी हेरफेरसमेत गरेका थिए।
नयाँ मन्त्रीमा उनले पूर्वमाओवादी समूहबाट ७ र पूर्वएमालेबाट २ जनालाई नियुक्त गरेका हुन्।
पूर्वमाओवादी खेमाबाट मन्त्री बनेकालाई पार्टीको केन्द्रीय सदस्यमा थप गर्दै प्रधानमन्त्री ओलीले शपथ गराएको स्रोतको भनाइ छ।
याे पनि :
प्रधानमन्त्रीले थपे नयाँ मन्त्री, पुरानाका मन्त्रालयमा पनि व्यापक हेरफेर (सूची)
निर्मला पन्त काण्डमा बर्खास्त एसपी डिल्लीराज विष्टको पुनर्बहाली
Shares

प्रतिक्रिया