भारतीय क्रिकेट टिमका पूर्व कप्तान महोम्मद अजहरुद्दीन सवार कार दुर्घटनामा परेको छ।
पूर्व क्रिकेटर अजहरुद्दीन परिवारका साथ छुट्टी मनाउन रणथम्भोर जाने क्रममा दुर्घटनमा परेका हुन्।
दुर्घटनमा अजहरुद्दीन र उनको परिवार भने सुरक्षित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घटनामा परिवारका केही सदस्यलाई सामान्य चोट लागे पनि कोही पनि गम्भीर घाइते भने नभएको बताइएको छ।

यो घटना लालसोट कोटा मेगा राजमार्गको सुरवाल पुलिस स्टेसनको नजिकै भएको थियो। ५७ वर्षीय अजहरुद्दीन आफ्नो परिवारसहित रणथम्भोर आउँदै गर्दा कार नियन्त्रणबाहिर गएर एक ढाबामा प्रवेश गरेको थियो।
उक्त दुर्घटनामा ढाबामा काम गरिरहेका एक युवक घाइते भएका छन्। घाइते युवकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
घटनालगत्तै जिल्लाका डीएसपी नारायण तिवारी घटनास्थल पुगेका थिए। उनले मोहम्मद अजहरुद्दीन परिवारसहित नयाँ वर्षको उत्सवको लागि सवाई माधोपुरको रणथम्भोर जाँदै जानकारी दिए।
दुुर्घटनापछि अजहरुद्दीन र परिवारका सदस्यलाई अर्कै गाडीमा होटलमा लगिएको थियो।
Shares

प्रतिक्रिया