ad ad

राजनीति


संसद विघटनविरुद्ध नेकपाद्वारा देशव्यापी विरोध प्रदर्शन सुरु

संसद विघटनविरुद्ध नेकपाद्वारा देशव्यापी विरोध प्रदर्शन सुरु

नेपालखबर
पुस १४, २०७७ मंगलबार ६:३४,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संसद विघटनविरुद्ध आज मंगलबार देशभर विरोध प्रदर्शन सुरु गरेको छ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष माधवकुमार नेपाललगायत सो पार्टीका शीर्ष नेताहरुले काठमाडौंको रत्नपार्कबाट सुरु भई प्रदर्शनीमार्गमा जम्मा हुने र्‍यालीलाई नेतृत्व गर्ने नेकपा नेताहरुले जनाएका छन्।

स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र केन्द्रीय सदस्य खिमलाल देवकोटाले पोखरामा हुने र्‍यालीको नेतृत्व गर्दैछन्।

Nekapa protest Push14 2

यसैगरी बिभिन्न जिल्लामा आयोजना गरिने सभालाई सम्बोधन गर्न केन्द्रीय नेताहरु सम्बन्धित जिल्लामा पुगेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि विभाजनतर्फ गएको नेकपामध्ये प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको हो।

सो पार्टीले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .