ad ad

राजनीति


ऊर्जामन्त्रीलाई भेटेर भारतीय राजदूतले राखे मिलेर काम गर्न प्रस्ताव

ऊर्जामन्त्रीलाई भेटेर भारतीय राजदूतले राखे मिलेर काम गर्न प्रस्ताव

नेपालखबर
पुस १४, २०७७ मंगलबार ५:५२,

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीसँग भेटवार्ता गरेका छन्।

मंगलबार राजदूत क्वात्राले सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमै पुगेर नवनियुक्त मन्त्री रायमाझीसँग भेटवार्ता गरी बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिए।

मन्त्री रायमाझीले राजदूत क्वात्रासँग शिष्टाचार भेटवार्ता भएको बताए।

भेटका असरमा नेपाल–भारत संयुक्त परियोजना, हाइड्रोपावर, प्रशारणलाइनका विषयमा छलफल भएको मन्त्री रायमाझीले जानकारी दिए। उनले राजदूत क्वात्राले मिलेर काम गर्न पैस्ताव गरेको र आफू मिलेर काम गर्न तयार रहेको जवाफ दिएको बताए।

‘उहाँ (राजदूत क्वात्रा) मलाई बधाई दिन मन्त्रालय आउनुभएको थियो, उहाँले मिलेर काम गर्न प्रस्ताव गर्नु भयो’, मन्त्री रायमाझीले नेपालखबरसँग भने, ‘मैले द्विपक्षीय हितका विषयमा मिलेर काम गर्न तयार रहेको जवाफ दिएँ।’

राजदूत क्वात्राले पनि मन्त्री रायमाझीलाई भेटेर बधाई दिएको र संयुक्त परियोजनाहरूको कार्यान्वयन र द्विपक्षीय उर्जा सहकार्यलाई अघि बढाउने विषयमा छलफल भएको जानकारी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .