ad ad

राजनीति


सरकारले जनताको विश्वास कुल्चेर अस्थिरता निम्त्याउन खोज्यो : लेखक

सरकारले जनताको विश्वास कुल्चेर अस्थिरता निम्त्याउन खोज्यो : लेखक

गोकुल जोशी
पुस १३, २०७७ सोमबार ११:१६,

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रतिनिधिसभा विघटन गरेर मुलकलाई अस्थिरतातर्फ धकल्ने खोजिएको बताएका छन्।

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ ले आयोजनामा गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता लेखकले कम्युनिष्ट सरकारले जनताको विश्वास कुल्चेर मुलुकमा अस्थिरता र अराजकता निम्त्याउन खोजेको आरोप लगाए।

‘पाँच वर्षका लागि नेपाली जनताले गरेको विश्वास, भरोसालाई कम्युनिष्ट सरकारले खण्डित गरेको छ। दुई तिहाई बहुमत रहेको प्रतिनिधिसभा संसद हठात् विघटन गरेर जनताले अनुमान नगरेको दुर्भाग्यपूर्ण अवस्था सिर्जना भएको छ’ नेता लेखकले भने, ‘प्रतिनिधि सभाको हठात् विघटन गर्ने कार्य अधिनायकवादी, निरुन्कुसतावादीको परिणाम हो्। यसले मुलुकलाई अस्थिरता र अराजकतातर्फ लैजाने दुश्साहस गरिएको छ।’

नेकपाको आन्तरिक विवादले प्रतिनिधि सभा विघटन गर्नु असंवैधानिक र अलोकतान्त्रिक भएको उनले बताए। कांगेसका केन्द्रीय सदस्य समेत रहेका नेता लेखकले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ‘देशमा ल्याउँछु भनेको स्थायित्व यही हो?’ भनी प्रश्न गरे।

उनले थपे, ‘चुनावताका दुई वटा पार्टी मिलाएर देशलाई स्थिरता दिन्छु भन्नु भएको थियो। आज तपाईंहरुले नेपाली जनतालाई जवाफ दिने कि नदिने? के नेपाली जनताले चाहेको स्थिरता यही हो?’ उनले प्रश्न गरे, ‘जनताको जनमतको घोर अपमान भएको छ।’

कोरोना नियन्त्रणमा सरकारले कुनै काम गर्न नसकेको बरु भ्रष्टाचारमा लिप्त रहेको कांग्रेस नेता लेखकको आरोप छ। नेकपा विभाजनको संघारमा रहेका बेला आन्तरिक द्वन्द्व मिलाउन विदेशी शक्ति सक्रिय भएकोले कम्युनिष्टको राष्ट्रवाद छर्लङ्ग भएको उनले बताए।

‘भागबण्डाको झगडाले पार्टी फुट्ने स्थितिमा छ, पार्टी भित्रै कुटाकुट सुरु भएको छ। त्यसलाई मिलाईदिन विदेशी आइदिनु पर्‍या छ। राष्ट्रवादको यो भन्दा ठूलो मजाक केही हुन्छ?’ नेता लेखकले भने, ‘कम्युनिष्ट बाहेक कोही राष्ट्रवादी छैनन् भन्ने राष्ट्रवादको धङधङती हिजै मात्रै खुस्किसकेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .