नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका शीर्ष नेताको बैठक कोटेश्वरको पेरिसडाँडामा जारी छ।
शनिबार मध्यान्हदेखि सुरु भएको बैठक पार्टीको आगामी रणनीति तय गर्नमा केन्द्रित रहेको बताइएको छ।
बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु सहभागी रहेको एक नेताले बताए।
बैठकले संगठन, जिम्मेवारी बाँडफाँट, आन्दोलनका आगामी कार्यक्रम लगायतका विषयमा टुंगो लगाउने ती नेताले जानकारी दिए
‘अहिले शीर्ष नेताहरुको बैठक पेरिसडाँडामा बसिरहेको छ, बैठक पार्टीको आगामी रणनीसित बनाउनमा केन्द्रित रहेको छ’, नेपालखबरसँग कुरा गर्दै ती नेताले भने।
प्रधामन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै सत्तारुढ नेकपा विभाजन भएको छ।
विभाजनपछि नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध सडक संघर्षका कार्यक्रम समेत सुरु गरिसकेको छ।

प्रतिक्रिया