राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको छ।
अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले ७७ जिल्लामा कोरोना महामारीलाई दृष्टिगत गर्दै सामाजिक दूरी र स्वास्थ मापदण्डको नियम पालना गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको हो।
बैठकमा अध्यक्षद्वय पशुपति शम्शेर जबरा र कमल थापा उपस्थित थिए।
यस्तै, आगामी पुस १७ गते काठमाडौंमा हुने उपत्यकाव्यापी बृहद् जनप्रदर्शनलाई शसक्त र प्रभावकारी बनाइने पनि राप्रपाले जनाएको छ।
363
Shares

प्रतिक्रिया