कारोबार


कोका-कोला र सान्टा क्लज

कोका-कोला र सान्टा क्लज

नेपालखबर
पुस ६, २०७७ सोमबार १०:५,

विगत केही दशकदेखि डिसेम्बर महिनामा सेतो दाह्री भएको व्यक्ति, रातो कोट लगाएर कोलरमा सेतो फर र स्लिभ, काँधमा झोला बोक्ने दृश्य विशेष गरी नेपालमा प्रचलित छ। तिनीहरू लगभग प्रत्येक वर्षको यस समयमा सबै ठाउँमा देखिन्छन्।

मलहरू, सुपर स्टोरहरू र न्यूरोडको सडकहरूमा यो दृश्य प्रशस्तै देख्न सकिन्छ। रातो र सेतो पोशाकमा गीतहरू गाउँदै, पैदल यात्रीहरूलाई हात हल्लाउँदै सबैलाई क्रिसमसको शुभकामना दिने यी प्रफुल्ल मानिसलाई देख्दा सधैँ राम्रो लाग्छ।

सन् १९३१ भन्दा अघि, सान्टा क्लजको हामीलाई अहिले थाहा भएको र मन पराउने भन्दा भिन्न रुप थियो। त्यसबेला, सान्टालाई एक अग्लो दुब्लो मानिसदेखि लिएर डरलाग्दो देखिने योगिनीसम्म चित्रण गरिएको थियो। एक सिभिल वार कार्टुनिस्ट थोमस नास्टले १८६२ मा सान्टा क्लज हार्परस् विकल्लीमा संघलाई समर्थन गर्ने एउटा सानो योगिनी जस्तो चित्र कोरे। त्यसपछि नास्टले ३० वर्षसम्म सान्टाको कोटको कलर खैरोबाट रातोसम्म परिवर्तन गर्दै बनाउन जारी राखे जुनलाई आज सान्टा भनेर चिनिन्छ।

८१ वर्ष पहिले, एक व्यक्तिको कल्पनाशक्ति र कलात्मक स्पर्शको लागि धन्यवाद, जसले समकालीन दर्शनमा सेतो दाह्री सहित प्रफुल्ल मुद्रा भएको भद्र पुरुषको रूपमा सान्टा क्लजलाई जन्म दिए। छुट्टीका लागी कोका-कोलाको विज्ञापनको एक लामो श्रृंखला चलाइसकेका स्वीडीस्-अमेरिकी कलाकार ह्याडन सन्डब्लोमद्वारा बनाईएको, सान्टा क्लजको आजको पोषित संस्करणले तुरुन्तै संसारभर छुट्टीको मौसमको प्रतीकको रूपमा मान्यता पाएको छ।

सान्टाको कोका-कोला संस्करण पहिलो पटक १९३१ मा सार्वजनिक गरिएको थियो जसलाई स्वीडीस-अमेरिकी कलाकार ह्याडन सन्डब्लोमले सिर्जना गरेका थिए जुन प्रिन्ट विज्ञापनको श्रृंखलामा द स्याटर्ड इभिनिंग पोष्ट, लेडीज होम जर्नल, नेशनल जियोग्राफिक र अन्य अमेरिकी प्रकाशनहरू देखा परेको थियो। मनमोहक छविहरूले सर्वसाधारणहरुलाई आकर्षित गर्यो, जसले प्रायःतुरुन्तै मायालु व्यक्तित्वलाई क्रिसमसको स्थायी प्रतीकको रूपमा अपनायो। त्यसपछिका केही दशकहरूमा, ठूलो ब्रासको बेल्टको बकलको साथ रातो र सेतो सूटमा मानिस जुन सेन्ट निकोलसको कलाकारका चित्रणहरु ‘फादर क्रिसमस’ चित्रदर्शी रूपमा देखा प¥यो।

सन् १९३१ देखि १९६४ सम्म, कोका-कोलाको विज्ञापनले सान्टाले खेलौना पठाउँदै (र उनीहरूसँग खेल्दै!), पत्र पढेर कोकको मज्जा लिन रोकिएको, उनलाई अभिवादन गर्न आएका केटाकेटीहरूसँग भेट्दै, र धेरै घरहरुमा रेफ्रिजरेटरहरूमा छापा मारेको देखियो।

अर्को रमाईलो तथ्य के हो भने, कोका-कोलाको सान्टा एक बिक्रेतामा आधारित थियो। सन्डब्लोमले शुरुवातमा प्रफुल्ल, कहि रिंगकल्ड विशेषता भएको मिलन्सार सेवानिवृत्त सेल्सम्यान लु प्रिन्टिसलाई हेरेर सान्टाको हसिलो अनुहारको मोडलिङ गर्यो। जब प्रिन्टिसको मृत्यु भयो, सन्डब्लोमले आफूलाई मोडलको रुपमा प्रयोग गरेर ऐनामा हेर्दा चित्र बनाए। अन्तमा, उनले सेन्ट निकको छवि सिर्जना गर्न फोटोग्राफरहरूमा भर पर्न थाले।

कोका-कोला सान्टा छविलाई मानिसहरू यत्ति धेरै मन पराए कि उनीहरूले हरेक विवरणलाई एकदम ध्यान दिएर हेर्न थाले र केही परिवर्तन भएपछि तिनीहरूले कोका-कोला कम्पनीलाई चिठी पठाउन थाले। एक पटक जब सान्टाको बेल्ट पछाडि थियो र अर्को जब सान्टा क्लज विवाहको औंठी बिना देखा परे, प्रशंसकहरूलाई क्लाउजको श्रीमतीलाई के भयो भनेर सोध्न बाध्य तुल्यायो।

सान्टा क्लजले सन् १९४२ ‘स्प्राईट ब्वाई’ नामक नयाँ साथी पायो, जुन कोका-कोलाको विज्ञापनमा १९४० र १९५० को दशकमा सान्टा क्लजसंग देखिएको एक पात्र थियो। सन्डब्लोमले नै सृजना गरेको स्प्राईट ब्वाईको नाम चाहीँ उनी स्प्राइट वा योगिनी भएको यर्थाथबाट रहन गएको हो। (यो १९६०को दशकसम्म कोका-कोलाले लोकप्रिय पेय पदार्थ स्प्राइर्ट सार्वजनिक नगरेसम्म थिएन।)

सन्डब्लोमले १९६४ मा सान्टा क्लजको अन्तिम संस्करण सिर्जना गरे, तर धेरै दशकहरू सम्म कोका-कोलाको विज्ञापनले सन्डब्लोमको मूल कार्यहरूमा आधारित सान्टाको छविहरू चित्रित ग¥यो। यी चित्रहरू कम्पनीको अभिलेख विभागको कला संग्रहमा सबैभन्दा मूल्यवान चीजहरू हुन् र यो पेरिसको लुभ्रे, टोरन्टोको रोयल ओंटारियो संग्रहालय, शिकागोको विज्ञान र उद्योग संग्रहालय, टोकियोको द इसटान डिपार्टमेन्ट र स्टकहोमको एनके डिपार्टमेन्ट स्टोर जस्ता प्रख्यात स्थानहरूमा विश्वभरि प्रदर्शन भइरहेको छ। धेरै मूल चित्रहरु कोका-कोलाको विश्व अटलान्टा, गामा प्रदर्शनमा देख्न सकिन्छ।

सन् २००१ मा, सन्डब्लोमको १९६३ को चित्रकलाको कलाकृति कोका-कोलाको सान्टा अभिनीत एनिमेटेड टिभी विज्ञापन लागि आधार थियो। उक्त विज्ञापन एकेडेमी पुरस्कार विजेता एनिमेटर अलेक्सान्ड्रो पेट्रोभद्वारा सिर्जना गरिएको थियो।

कोका-कोलाले निश्चित रूपमा सान्टा क्लजको किंवदन्ती सिर्जना गरेन। तर, कोका-कोलाको विज्ञापनले आज हामीलाई चिनेको प्रफुल्ल पात्रलाई निर्माण गर्न ठूलो भूमिका निर्वाह गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad