राजनीति


प्रचण्ड-नेपाल पक्षीय सांसदहरुको बीआईसीसीमा भेला सुरु

प्रचण्ड-नेपाल पक्षीय सांसदहरुको बीआईसीसीमा भेला सुरु

नेपालखबर
पुस ६, २०७७ सोमबार ८:२,

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुको भेला बानेश्वरस्थित संसद भवन बीआईसीसीमा सुरु भएको छ।

अहिले सो भवनको ल्होत्से हलमा सांसदहरु भेला हुने क्रम जारी छ।

त्यहाँ पुगिसकेकाहरुमध्ये प्रतिनिधि सभातर्फका सांसदहरु एक लाइनमा र राष्ट्रिय सभाका सांसदहरु अर्को लाइनमा लागेर उपस्थितिमा हस्ताक्षर गरिरहेका छन्।

केहि बेरपछि सुरु हुने सो भेलामा प्रचण्ड, नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

आजै प्रधानमन्त्री केपी ओलीले पनि आफ्नो पक्षका सांसदहरुको भेला बालुवाटारमा राखेका थिए।

प्रधानमन्त्री ओलीले हिजो आइतबार प्रतिनिधि सभा विघटनको घोषणा गरेपछि बसेको पार्टीको स्थायी समिति बैठकले ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ।

त्यसयता विकसित घट्नाक्रमले नेकपा विभाजनको तयारीमा देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad