प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको विघटित प्रतिनिधि सभाका सांसदहरुको भेला सकिएको छ।
सोमबार बिहान प्रधाननमन्त्री ओलीले आफूकिट सांसदहरुलाई छलफलका लागि बालुवाटार बोलाएका थिए।
बैठकमा पूर्वमाओवादी लेखराज भट्ट पनि सहभागी भएका थिए। बैठकमा प्रधानमन्त्री ओली र महासचिव विष्णु पौडेलले अहिलेको अवस्थाका बारेमा आफ्नो धारणा राखेको एक सांसदले बताइन्।
बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिँदै केही सांसदहरुले आफूहरुलाई पार्टी फुट स्वीकार्य नभएको बताएका छन्।

प्रतिक्रिया