प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको विघटित प्रतिनिधि सभाका सांसदहरुको भेला बालुवाटारमा जारी छ।
ओलीको पक्षमा रहने अनुमान गरिएका केहि पूर्वमाओवादी तथा अन्य नेताहरु सो भेलामा अनुपस्थित देखिएका छन्।
पूर्वमाओवादी नेता तथा उद्योग मन्त्री लेखराज भट्ट प्रधानमन्त्रीसँगै डायसमै बसेका छन् भने पूर्वमाओवादी नेता तथा उद्योग मन्त्री लेखराज भट्ट प्रधानमन्त्रीसँगै डायसमै बसेका छन् भने टोपबहादुर रायमाझी, हरिबोल गजुरेल लगायतका नेताहरु भने सो भेलामा उपस्थित भएका छैनन्।

रायमाझी र गजुरेलले आफूहरु घरमै भएको र भेलामा उपस्थित नहुने बताए।
सो भेलामा गृहमन्त्री रामबहादुर थापा पनि देखिएका छैनन्।
‘उहाँ राष्ट्रिय सभाको सांसद भएको तर प्रतिनिधि सभामा नरहेको हुँदा नआएको बताइएको छ, पहिले नेताका रुपमा उपस्थित हुने पनि बताइएको थियो तर अहिले यहाँ उहाँलाई देखिएन,’ भेलामा उपस्थित एक सहभागीले भने।
त्यसैगरी अर्थसमितिका सभापति समेत रहिसकेका ओलीनिकट नेता कृष्णप्रसाद दाहाल पनि सो भेलामा सहभागी छैनन्।
उनले आफूहरु करिब २०–२२ जना नेता कतैपनि सहभागी नहुने निर्णय गरेको बताए।

प्रतिक्रिया