प्रतिनिधिसभा विघटनपछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई पक्ष आआफ्ना रणनीति निर्माणमा जुटेका छन्।
यसै क्रममा अहिले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट सांसदको बैठक राखेका छन्।
‘बैठक ९ बजे बिहान भनिएको थियो, तर भर्खर सुरु भएको छ,’ सोमबार बिहान सवा १० बजेतिर बालुवाटार स्रोतले नेपालखबरसँग भन्यो।
बैठकमा काे काे छन् भन्नेबारे अहिले विस्तृत जानकारी प्राप्त भइसकेकाे छैन।
यसैबीच नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड एवं वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले पनि आजै दिउँसो १ बजे आफूनिकट सांसदको भेला गर्दैछ।
स्रोतका अनुसार सोमबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमै बैठक गर्ने तयारी छ। यस्तै त्यहीं दिउँसो ३ बजे नेकपाको स्थायी कमिटीको बैठक पनि राखिने नेकपाका एक नेताले नेपालखबरलाई जानकारी दिए।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो (आइतबार) दिउँसो संसद् विघटन गर्दै वैशाख १७ र २७ गतेलाई चुनावसमेत घोषणा गरेकी हुन्।

प्रतिक्रिया