टिकटक बनाउने क्रममा झोलुंगे पुलबाट खसेका दाङका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
टिकटक बनाउने क्रममा लडेर घाइते भएका दाङको तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीका २४ वर्षीय रमेश थापाको सोमबार बिहान कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा सोमबार निधन भएको हो।
थापा शनिबार बबई गाउँपालिका–५ पुरन्धारा झरना नजिकैको बबई नदीको झुलुंगे पुलबाट लडेर गम्भीर घाइते इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी शिवबहादुर सिंहले बताए।
डीएसपी सिंहका अनुसार साथीहरुसँग पिकनिक गएका थापा पिकनिक खाएपछि टिकटक बनाउने भन्दै पुलमा झुण्डिने क्रममा खसेका थिए।
थापाको टाउको, अनुहारलगायतमा शरीरका विभिन्न भागमा चोटपटक लागेको थियो।

प्रतिक्रिया