प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद् विघटन गराएपछि अहिले चौतर्फी आलोचना भइरहेको छ।
यसै क्रममा चोटिलो लेखनका धनी लेखक खगेन्द्र संग्रौलाले पनि प्रतिनिधिसभा भंगबारे टिप्पणी गरेका छन्।
उनले संसद् भंग गराउनेलाई सर्पको संज्ञा दिँदै सामाजिक सञ्जालमा लेखेका छन्- ‘कुटिल सर्पलाई काखमा राखेर, दूध ख्वाएर, म्वाई खाँदै पोस्दा एक न एक दिन त्यसले टोक्छ टोक्छ। आखिर टोक्यो त ! जानीजानी सर्पलाई पोस्ने महामहिमहरूलाई टोकाइको विष झार्ने जुक्ति पनि त थाहा होला !’

प्रतिक्रिया