ad ad

राजनीति


संसद विघटनविरुद्ध नेकपा, कांग्रेस र जसपा एकजुट, ‘सबै प्रकारले संघर्ष गर्ने’ निर्णय

संसद विघटनविरुद्ध नेकपा, कांग्रेस र जसपा एकजुट, ‘सबै प्रकारले संघर्ष गर्ने’ निर्णय

नेपालखबर
पुस ५, २०७७ आइतबार १३:२९,

प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको संसद विघटनको कदम असंवैधानिक भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र जनता समजावादी पार्टीले सामूहिक प्रतिवाद गर्ने भएका छन्।

आइतबार कांग्रेस संसदीय दलको कार्यालयमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले प्रभानमन्त्रीको कदम असंवैधानिक अलोकतान्त्रिक र निरंकुश रहेको ठहर गरेको जनता समाजवादी पाटीृका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिए।

बैठकले प्रधानमन्त्रीका कदमविरुद्ध सबै प्रकारका संघर्ष गर्ने निर्णय गरेको डा. भट्टराईले बताए।

‘जसपा, नेका र नेकपाका शीर्ष नेताहरू नेका संसदीय दलको अफिसमा बसियो। प्रम केपी ओलीको संसद विघटन गर्ने कदम असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश रहेको ठहर गरियो’, डा. भट्टराईले भने, ‘यसकाविरूद्ध सबै प्रकारले संघर्ष गर्ने समझदारी गरियो।’

बैठकमा नेकपाबाट वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, देव गुरुङ, जनार्दन शर्मा, कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र, बालकृष्ण खाँड, रमेश लेखक, जसपाबाट संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र राजेन्द्र महतो सहभागी थिए।

आ–आफ्नो दलमा छलफलपछि तीन दलको बैठक भोलि फेरि बसेर थप छलफल गर्ने सहमति भएको एक नेताले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .