ad ad

राजनीति


स्थायी समिति बैठक बालुवाटारमै बस्छ, प्रधानमन्त्रीको कदम विशेष एजेन्डा : प्रवक्ता श्रेष्ठ

स्थायी समिति बैठक बालुवाटारमै बस्छ, प्रधानमन्त्रीको कदम विशेष एजेन्डा : प्रवक्ता श्रेष्ठ

नेपालखबर
पुस ५, २०७७ आइतबार ८:३,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी समिति बैठक बालुवाटारमै बस्ने बताएका छन्।

 आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष संघीय संसदको प्रतिनिधिसभा विघटन गर्न सिफरिस गरेपछि प्रवक्ता श्रेष्ठले पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको कदम स्थायी समितिको विशेष एजेन्डा हुने बताएका हुन्।

उनले प्रधानमन्त्री ओलीले चालेको कदम गैरसंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम भएका कारण कार्यान्वयनमा नजाने बताए।

‘प्रधानमन्त्रीको कदमबारे हामी स्थायी समिति बैठकमा विशेष एजेन्डा बनाएर छलफल गरेर आवश्यक निर्णय लिन्छौँ’, प्रवक्ता श्रेष्ठले भने।

उनले १ बजे निर्धारित समय भए पनि केही ढिला भए पनि बैठक बस्ने बताए।

उनले राष्ट्रपति संवैधानिक भएको र संविधानको रक्षा गर्ने काम राष्ट्रपतिको भएको बताउँदै उनले राष्ट्रपतिबाट गरैसंवैधानिक सिफारिस स्वीकृत हुन्छ भनेर आफूहरुले नसोचेको बताए।

‘राष्ट्रपति संवैधानिक हुनुहुन्छ, संविधानको रक्षा गर्ने जिम्मेवारी पनि उहाँमा छ, त्यसकार राष्ट्रपतिबाट यस प्रकारको गैरसंवैधानिक सिफारिस स्वीकृत हुन्छभन्ने हामी सोच्दैनौँ’, प्रवक्ता श्रेष्ठले भने।

 पधानमन्त्रीको राजीनामाका विषयमा पत्रकारले सोधेको प्रश्नमा उनले सबै निर्णय स्थायी समिति बैठकमा हुने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .