राजनीति


संसद विघटनको सिफारिस भएपछि प्रधानमन्त्री ओलीसँग छलफल गर्न प्रचण्ड बालुवाटारमा

संसद विघटनको सिफारिस भएपछि प्रधानमन्त्री ओलीसँग छलफल गर्न प्रचण्ड बालुवाटारमा

नेपालखबर
पुस ५, २०७७ आइतबार ४:५६,

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकमा प्रतिनिधि सभा विघटन गर्ने प्रस्ताव राखेपछि सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफल गर्न बालुवाटार पुगेका छन्।

सत्तारुढ नेकपाभित्रको विवाद चरम अवस्थामा पुगेको बेला प्रधानमन्त्री ओलीले संसद नै विघटन गर्ने सिफारिश गरेपछि ओलीसँग छलफल गर्न प्रचण्ड आकस्मिक रुपमा बालुवाटार पुगेका हुन्।

संसद विघटनको प्रस्तावसँगै सत्तारुढ नेकपाले विघटनको बाटो समात्ने र देश अस्थिरतामा जाने नेताहरूले प्रारम्भिक टिप्पणी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad