राजनीति


कांग्रेस र जसपाबीच दुईबुँदे सहमति

कांग्रेस र जसपाबीच दुईबुँदे सहमति

नेपालखबर
पुस ४, २०७७ शनिबार १२:४७,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच दुईबँदे सहमति भएको छ।

शनिबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको दुई दलको बैठकले दुईबुँदे सहमति गरेको जसपाका नेता विश्वदीप पाण्डेले जनाकारी दिएका छन्।

पाण्डेका अनुसार कांग्रेस र जसपाबीच संसद अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने, लोकतन्त्रको रक्षा, भ्रष्टाचार, कोभिड–१९ को विविध पक्ष, आर्थिक संकट लगायतका जनसरोकारका विषयमा संसदमा भएका प्रतिपक्षी दलहरूबीच सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको हो। 

छलफलमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री प्रकाशशरण महत थिए भने जसपाबाट केन्द्रीय अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad